क्रिकेटमा नेपाल श्रीलङ्कासँग पराजित



काठमाडौं । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्काको यु २३ सँग छ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेपछि ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो ।

एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काका लागि शाम्मु आशानले अविजित ७२ रन बनाए । उनले ४४ बल खेल्दै पाँच छक्का र चार चौका प्रहार गरे । यस्तै निशान मदुशकाले ४२ खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ४६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि पवन सर्राफले दुई तथा सोमपाल कामी र सुशन भारीले एक÷एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले अविजित रहँदै ४४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ७२ रन बनाए ।

यस्तै पवन सर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका कामिन्दु मेन्डिसले दुई तथा दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो हुँदा नेपाल पदकविहीन

हाङझाउ । १९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ

एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।