काठमाडौँ । गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
सोमबार बिहान गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।
गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको हो । घटनामा अन्य सर्वसाधारण र सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

प्रतिक्रिया