नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । पारस खड्काले राजीनामा दिएपछि रिक्त रहेको कप्तान पदमा बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नियुक्त गरेको हो ।

सन् २००९ मा पारस खड्का कप्तान भएपछि उपकप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्रले अन्ततः कप्तानको जिम्मेवारी पाएका छन् । त्यसो त उनले यसअघि पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी गरिसकेका छन् ।

यू–१५ क्रिकेटदेखि सुरु भएको क्रिकेट करिअरमा मल्लले लामो समय नेपाली क्रिकेटमा बिताइसकेका छन् । यू–१५, यू–१७ हुँदै यू–१९ टोलीमा स्थान बनाएका मल्ल २००६ मा नेपालले यू–१९ विश्वकप खेल्दा टोलीको महत्वपूर्ण सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ