एन्फालाई दश हजार डलर जरिवाना



काठमाडौँ । एएफसी कप २०१९ मा मापदण्ड उल्लंघन गर्दै क्लबहरुलाई लाइसेन्स दिलाएको पाइएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीले हाल देखिएका कमजोरीलाई दुई वर्षभित्र यस्तै गल्ती दोहोर्याएनिलम्बनसँगै २५ हजार डलर जरिवाना गर्ने चेतावनी पनि दिएको छ।

एसियाली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता ‘एएफसी कप’ मा सहभागी हुनलाई ‘एएफसी कप क्लब लाइसेन्सिङ’ को मापदण्ड पूरा गरेको हुनुपर्छ। एएफसी कप २०१९ को लागि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगका सबै (१४) क्लबलाई सिफारिस गरेको थियो। त्यसमध्ये ९ क्लबलाई एएफसीले लाइसेन्स दिएको थियो।

त्यही क्लबहरूलाई गलत तरिकाले लाइसेन्स दिलाएकोमा एएफसीले एन्फालाई १० हजार डलर जरिवाना गर्ने निर्णय गर्दै शुक्रबार कमजोरीलाई दुई वर्षभित्र सच्याउन चेतावनी दिएको हो। एएफसीले जरिवाना एक महिनाभित्र तिर्न भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइपीएलमा बैंगलोरको दोस्रो जित

रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ

लिभरपुलको लगातार तेस्रो जित

इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको

म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित भएको छ ।

आइपीएलमा राजस्थान रोयल्सको लगातार दोस्रो जित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित