धनगढी । बिहीबारदेखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा वार्ता सुरू भएको हो ।
सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीसँग औपचारिक छलफल भइरहेको केसीका सहयोगि डां अमृत जैशीले जानकारी दिएका छन् ।
केसीले आफ्ना मागबाट पछि नहट्ने स्पस्ट अडान राखेकाले वार्ता पनि त्यसै अनुसार अघि बढेको उनले बताए । वार्तामा सांसद पुकार वम पनि सहभागी छन् ।

प्रतिक्रिया