प्रचण्ड बार्दलीतिर बढ्दा आँखा नलाएकै बेस् !


नारायण पौडेल ।

प्रचण्ड–प्रधानमन्त्री र रवि–गृहमन्त्री रहेका बखत आरजू देउवा पक्राउ पर्दै भन्ने सन्सनीपूर्ण हल्ला मच्चाइयो । सो हल्लालाई बालकोटले मलजल गरेको थियो । एकातिर रविलाई उक्साउने अर्कोतिर देउवालाई लोभ्याउने÷तर्साउने डबल डिलिङ ओलिटिक्सको थियो । जबकी प्रधानमन्त्री प्रचण्ड आवेश र उत्तेजनाभन्दा सुझबुझपूर्ण ढंगले राज्य संचालन गर्नुपर्छ भन्दै रविलाई सुझाउँदै थिए । आत्तिएर देउवा दम्पत्ति बार्दली उक्लिए, सब गर्ल्यामगुर्लुङ भो ।

ओलिटिक्स अक मा आधारित छ– अत्याउने र कजाउने । अहिले प्रचण्डलाई एक दिन भएपनि थुन्ने भन्दैछन् भन्ने सन्देश प्रचण्डकोमा तारान्तार पुर्याइरहेको छ ओलिटिक्सले । २५० जनाको लिष्ट तयार छ, जसमा प्रचण्डको नाम पनि छ भन्ने ओलिटिक्सद्वारा प्रेषित ‘विश्वसनीय’ सूचनाका कारण प्रचण्ड उद्वेलित छन् ।

खासमा प्रचण्ड बालेन सरकारको निशाना छैनन्, हुनुपर्ने खास कारणपनि छैन । लडाकुको मुद्धामा पक्राउ गरौं महरामा गएर टुंगिन्छ । सम्पत्ति शुद्धीकरणमा हालौं भन्ने हो भने लहरो बाहिरी घेराबाटै चुडिएको देखिन्छ । प्रचण्ड संकलित सम्पत्ति यति विकेन्द्रित छ भनिन्छ कि यात ज्यान जाओस् प्रचण्ड जोगाउनेको हातमा छ, यात बूढालाई तलमाथि भए आफ्नो हुन्थ्यो भन्ने आशेको साथमा छ । युद्धकालीन मुद्धा चलाउँ भन्यो भने विस्तृत शान्ति सम्झौता एंवम् सेना स्वंयले रोक्छ । त्यसमाथि दुई दुई पटक बोसका रुपमा सम्मानित प्रचण्डप्रति रवि सकारात्मक छन् । रविकै शब्दमा–प्रचण्ड गरिव, निमुखा, दलित, जनजातिका तारणहार, गणतन्त्रका मियो हुन् । सत्ता उलटपुलट भइहाले अभिभावककारुपमा सान्त्वना दिने यिनै हुन्, ओली, देउवा वा गगन जो आएपनि कस्ने त उही पाता हो ।

बालेन स्वंयमले एक वचन नलगाएको, रवि स्वंयमले तारणहार भनि सम्बोधित गरेको र केटौले मन्त्री स्वंयमले अभिभावककारुपमा संसदमा सम्मान दर्शाएको सन्दर्भमा प्रचण्ड बार्दलीतिर बढ्दा आँखा नलाएकै बेस । उट्पट्याङ शैलीमा थुन्ने छोड्ने गर्दै गरेको सिंहदरबार केही परिपक्व हुँदै गएको छ ।