नेपाल क्रिकेट संघमाथि लगाएको निलम्बन ससर्त फुकुवा



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन ससर्त फुकुवा गरेको छ । आइतबार र सोमबार बसेको आईसीसी बैठकले ससर्त फुकुवा गर्ने निर्णय गरेको हो ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघमाथि निलम्बन गरेको थियो ।

त्यसपछि आईसीसीकै प्रत्यक्ष संग्लग्नतामा गठन गरिएको सल्लाहकार समिति र स्वतन्त्र समितिको मातहत जिल्ला, प्रदेश र असोज ३ गते केन्द्रीय निर्वाचन सम्पन्न भएको थियो ।

चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएसँगै नेपालको निलम्बन फुकुवाको बाटो खुलेको हो । ‘नेपालले एसोसिएट सदस्यताको सीमामा रहेर सर्त कार्यान्वयन गर्ने संक्रमणकालीन समयका लागि नयाँ योजना बनाइनेछ ।

त्यसमा आर्थिक सहयोगमाथिको नियन्त्रण पनि समावेश हुनेछ,’ आईसीसी अध्यक्ष शशांक मनोहरलाई उदृत गरी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा

मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

१९ औँ एसियाली खेलकुदमा आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ । १९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको

एसियाली खेलकुदमा जुडो र रग्बीमा नेपालको यात्रा समाप्त

हाङझाउ । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा