सप्तरीको हनुमाननगर कंकालिनीबाट ३०२ किलो गाँजा बरामद


सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ जोगिनियाबाट प्रहरीले ३०२ किलो ४८० ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो करिब २ बजे कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लगाइएको पटुवा खेतबारीबाट प्रहरीले १२ बोरा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार उक्त खेत भारत निवासी नन्दकिशोर मुखियाले लगाएका थिए। खेतबाट बरामद भएको गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७ मुखिया टोल बस्ने अन्दाजी ५३ वर्षीया माधुरी मुखियाको रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भए/नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।