रौतहट । रौतहटको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट गएराति सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गढीमाईका २१ वर्षीय सोमन कुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् । उनीरुलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेश सन्तपुरको स्ट्राइकिङ टोलिले नियन्त्रणमा लिएको हो ।
उनीहरुले सोही जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादब र उनको श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दुवै जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको उनले बताए ।

प्रतिक्रिया