सिरहामा हतियार देखाएर मनि ट्रान्सफरको १५ लाख लुटपाट



सिरहा । सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटपाट भएको छ । आइतबार सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेका बेला जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्वरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगदसहित दुई थान ग्लोवल आईएमई बैंकको र तीन वटा, राष्ट्रिय बाणिज्य बैंकको खाली चेक र मोवाइलसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका–१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले लुटेरामध्ये मोटरसाकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भइरहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशमा थप दुई मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री खगराज

गण्डकीमा सभामुखको कदम संविधान माथिकै ठाडो प्रहार भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट भएको असंवैधानिक कार्यप्रति घोर निन्दा र

मुस्ताङका च्याङग्राको भुवा परीक्षण

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुणस्तर

खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम