युरोप पठाइदिने भन्दै श्रीलंकन नागरिकलाई नेपालमा बन्धक बनाउने चार पाकिस्तानी पक्राउ



काठमाडौं । श्रीलंकन नागरिकलाई युरोप पठाइदिने भन्दै नेपाल ल्याएर बन्धक बनाउने कार्यमा संलग्न चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाकिस्तानी नागरिकहरु जुबैर अजमद, शाहजहान तन्वीर, मलिक अब्दुल हमीद र आरिफ मसिहलाई पक्राउ गरेको हो । उनीहरुले श्रीलंकन नागरिकलाई युरोपका विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर काठमाडौं ल्याई बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले वैदेशिक रोजगारीमा क्यानडा, रोमानिया, ग्रिस पठाइदिने भन्दै श्रीलंकनलाई काठमाडौं ल्याइ बन्धन बनाउने, कुटपिट गर्ने धम्की दिने र रकम लुटपाट समेत गर्ने गरेको पाइएको जानकारी दिए ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान तथा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ