पर्वतको जलजलामा गरगहना लुटपाटका लागि दम्पतीको हत्या भएको पुष्टि



 

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ ।

पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले लुटपाट गर्ने उद्देश्यले हत्या भएको बताए । उनका अनुसार हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । मृतक कमलाको कानको लोती नै च्यातेर रिङ निकालेको पाइएको छ । सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरु फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको जस्ता दृश्यले लुटपाटकै कारण हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रनाउ भुसालका अनुसार मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको छ  । धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरिएको उनले बताए । “लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ”, उनले भने, “अहिलेसम्म हत्यामा संलग्न आरोपी पक्राउ भने परेका छैनन् ।” हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ ।

भुसालले विभिन्न कोणबाट अनुसन्धान भइरहेको  बताए  । प्राविधिकतर्फ गण्डकी प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको र ‘म्यानुअल’तर्फ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । हत्यामा संलग्नले मोबाइल नबोकि आएका कारण खोजी कार्यमा केही कठिनाइ भएको उनले बताए ।

सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गर्दै आएका थिए । जिसीका दुई छोरा दक्षिण कोरियामा छन् । जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ । शंकास्पदसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

मृतक दम्पतीको शव परीक्षणका लागि म्याग्दी अस्पतालमा राखिएको छ । कोरियामा रहेका दुई छोरा आज रातिसम्म आइपुग्ने भएकाले भोलिमात्र शव परीक्षण गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

  काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा

खोटाङमा ‘रक क्लाइम्बिङ’ गर्नेक्रममा लडेका युवकको उपचारका क्रममा मृत्यु

खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

  काठमाडौँ ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी ।  म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले