बालिका बलात्कारका अभियुक्तलाई १९ वर्ष कैद सजाय



 

 

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो ।

साथै अभियुक्तबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका से्रस्तेदार केशवप्रसाद पौडेलले जानकारी  दिए । उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो ।

परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितले विसं २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।

प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो । प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुने

काठमाडौँ । नेपालमा युरोपेली लगानी भित्राउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका

चितवन राष्ट्रिय निकुञ्जमा दश महिनामा २१ गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक

डढेलोबाट रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

मन्थली (रामेछाप) । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा