नागढुङ्गाबाट स्रोत नखुलेको १८ लाख रकमसहित दुई जना पक्राउ



 

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको नगद  १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रिसब श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले लु२ख ४५३५ नम्बरको बस जाँच गर्ने क्रममा बसका सहचालक रिसबलाई  नगदसहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानका क्रममा उक्त रकम देवेन्द्र न्यौपानेले काठमाडौँ पुर्याइदिनु भनी श्रेष्ठलाई दिएको खुल्न आएपछि न्यौपानेलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रवक्ता ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिबी राईलाई प्रधानमन्त्रीले भगाएको हो भने गृहमन्त्रीले प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरुन्ः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको प्रधानमन्त्रीले नै जिबी राईलाई भगाएको हो भने

पहिचान फेरिएको धरानको फुस्रेबजार

सुनसरी । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ

विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर, सुरक्षण मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार गरेको अभियोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्ने त्रिविका उपकूलपति बरालको प्रतिबद्धता

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार