पाल्पामा पँधेरामा नुहाउन गएकी एक युवतीको हत्या



पाल्पा । पाल्पाको रिब्दीकोटमा एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा १९ वर्षीया पद्मा सुनारको शव मंगलबार साँझ फेला परेको हो ।

मंगलबार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी उनको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझ भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको जानकारी दिए । अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

संसद छलेर अध्यादेशमार्फत कानुन संशोधन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने

रञ्जितालाई रेशमको आग्रहः पार्टी र सरकार दुबै तिमी चलाउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

चितवन । चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) कि सञ्चालक