यी हुन् ढोलाहिटी हत्या घटनाका आरोपी



काठमाडौँ । ललितपुरको ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको घटनामा संलग्न भएका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले खोटाङ घर भई ललितपुरको जैनखेल बस्ने होटल डी पोपिनाका सञ्चालक विजय राई, खोटाङ घर भइ खुमलटार बस्ने अर्का सञ्चालक सुलभ राई, भोजपुर घर भइ जैनखेल बस्ने विशाल हाङ मुकारुङ राई र गोकर्णेश्वर घर भइ ललितपुरको सानागाउँ बस्ने छेङ्वीहाङ राईलाई उक्त घटनामा मुद्दा चलाइने जनाएको छ ।

त्यस्तै घटनाको मूख्य प्रतिवादीलाई भगाउने १ जना फरारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजा घरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान भएको थियो ।

त्यसक्रममा घाइते भएका पाँचथरका पुजन राईको सुमेरु अस्पतालमा र रेवश राईको पाटन अस्पतालमा मृत्यु भएको खनालले जानकारी दिनए । घटनाको अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिएको र किटानी जाहेरीका आधारमा पाँच जनालाई कतव्र्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको खनालले बताए ।

घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनीयसअघि लागूऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले घटनाको अनुसन्धानका लागि थप अरु ८ जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा