ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या



ललितपुर । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

“राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन”, उनले भने ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताउनुभयो । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीको तेडी बाध नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

  कैलाली ।  कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आइतबार

अघिल्लो सरकारले जिबी राई भगाएको भन्ने बेतुकको कुरा होः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को गतिरोध अन्त्य

मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरियो, मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । नेकपा एमाले पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार नेकपा

समर्थन फिर्ता लिँदै माओवादीले छाड्यो मधेस सरकार

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । जनता समाजवादी पार्टी