जसले धनबहादुरलाई ९० हजार दिएर श्रीमानको हत्या गराइन्



गण्डकी । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भएको हत्यामा संलग्नहरुलाई कास्की प्रहरीले सार्वजनीक गरेको छ । चैत ३ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका रामलाल तामाङ मृत भेटिएका थिए । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ गरेर शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।

सिक्लेस गाउँबाट दक्षिण पाखामा चैत ३ गते रामलाल मृत फेला परेका थिए । प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको थियो । रामलाल र उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङको केही वर्षदेखि सम्बन्ध बिग्रिएकाले अलग्गै बस्दै आएको कास्की डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

रामलालको हत्याको योजना च्याङ्माले नै बनाएको प्रारम्भिक अनुसन्धानमा देखीएको उनले बताए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च्याङ्मासँगै धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई पक्राउ गरेको छ । धनबहादुर, नवीन तामाङ र अजितले हाइड्रोमा काम गर्ने भनेर रामलाललाई सिक्लेस ल्याएका थिए ।

सिक्लेस गाउँभन्दा दक्षिण पाखोमा पुगेपछि उनीहरुले रामलालको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको छ । रामलाललाई हत्या गर्नका लागि उनकी श्रीमतीले धनबहादुरलाई ९० हजार दिएको देखिएको डिएसपी विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

  काठमाडौँ ।  वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन

सभामुखलाई देउवाले भने-प्रतिपक्षीको आवाजलाई नजरअन्दाज नगरियोस्

    काठमाडौं ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख

अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गर्ने गिरोह पक्राउ

  काठमाडौँ । अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने