प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुखसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार उनीहरूले १४ लाख १७ हजार ९३५ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले मुद्दा दायर गरेका अन्यमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेशसिंह कठायत, सव–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाही र सिड्डीखोला फुकलछडा जल–उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाही रहेका छन् ।

मुगुको सोरु गाउँपालिका–९ (साविक कालै गाविस वडा नं. २, ३, ४) स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा उपलब्ध गराएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३