कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु



विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा परी विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो । एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको छ ।

शवको पहिचान खुलेको छैन । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी सुरु भएको हो। आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । उनीहरुको कोसी अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

कर्णाली । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् ।

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको

शिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक

  काठमाडौँ । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं

सालीनले देखाएको समाजको कुरूप अनुहार !

डा. गोविन्दशरण उपाध्याय । मनोविज्ञान परामर्शका छात्रछात्राहरूको अध्ययन भ्रमणको क्रममा उपत्यका प्रहरी प्रभागका