काठमाडौँ प्रहरीमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता



 

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षको साउन महिनामा विभिन्न घटनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले गत आवको साउन महिनामा भन्दा चालु आवको साउन महिनामा अपराधका घटनामा वृद्धि भएको बताए ।

काठमाडौँ प्रहरीका अनुसार बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरमा पाँच सय ६०, अभद्र व्यवहारमा दुई सय ७९, भवितव्य ज्यानमा एक सय १९, चोरीसम्बन्धी कसुरमा ५५, ठगीमा ३५, लागू औषधमा ३१, आत्महत्यामा ३७, जबरजस्ती करणीमा ३३, जुवामा १७ र अन्य अपराधमा एक सय १९ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले मुद्दा दर्ता भएकामध्ये सात सय ६० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बैंकिङ कसुरमा दुई सय १२, अभद्र व्यवहारमा चार सय ३४, चोरीसम्बन्धी कसुरमा ८२, ठगीमा १२, लागू औषधमा ५१, जबरजस्ती करणीमा ३४, जुवामा एक सय १३ र अन्य अपराधमा एक सय ७८ रहेका छन् ।

गत वर्षको साउनमा मात्र विभिन्न अपराधमा एक हजार ४७ मुद्दा दर्ता भएको प्रवक्ता ढुङ्गेलले बताए । काठमाडौँ प्रहरीले साउन महिनामा बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटी वृत्तमा हिरासतमा पुस्तकालयको व्यवस्था मिलाएको छ ।

एक महिनाको अवधिमा काठमाडौँका विभिन्न क्षेत्रबाट हराएका दुई सय ४९ व्यक्तिमध्ये एक सय ७१ जनालाई खोजी गरी सम्बन्धित परिवारलाई बुझाएको छ भने चोरी, हराएर वा पाकेटमारी भएका दुई हजार दुई सय ८७ निवेदनमध्ये तीन सय ९७ निवेदनमाथि खोजी गरेर सम्बन्धित धनीलाई बुझाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

कोठाभाडा तिर्न नसक्दा आत्महत्या गर्न पुगेको नगरकोटी परिवार

  काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण

सगरमाथामा विश्व कीर्तिमान बनाउने प्रतिस्पर्धा

  सिबी अधिकारी, काठमाडौँ ।  सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी

यी हुन् लखपतिदेखि करोडपतिसम्मका मन्त्री

काठमाडौं । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरेको छ । केही दिनअघि मन्त्रिपरिषदको