किर्ते गरेको आरोपमा विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ



जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक निजी विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संचालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो पक्राउ परेका हुन् । महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थायी बासिन्दा छन् ।

उनी दुवै जना अहिले ईलाका प्रहरी कार्यलय सबैलाको नियन्त्रणमा छन् । नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा उजुरी परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।

स्रोतका अनुसार प्रहरीले नगरपालिकाको लेटरप्याड किर्ते गर्न सहयोग गरेका एक एक कम्प्युटर सेन्टरका संचालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण

खोकनाका ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी संरक्षणको पर्खाइमा

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र