विवाह गर्छु भन्दै रिलेशसनमा बसेको बहाना बनाएर हनि ट्रयापमा पार्थिन् सियाले, अनि परिन् प्रहरीको फन्दामा



काठमाडौं । प्रहरीले गृहमन्त्रीको प्रेस सल्लाहकार हुँ भन्दै डर त्रासमा पारेर तीन लाख २५ हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले सामाजिक सञ्जालमा कुराकानी गरेर होटल लगी डर देखाई रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–९ की २४ वर्षीया अनिता मगर भन्ने सिया मगर छिन् । मगरले विभिन्न व्यक्तिलाई फ्रेण्ड रिक्वेस्ट पठाएर हनी ट्रायापमा पार्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार होटल र रेष्टुरेण्टमा भेट्न बोलाउने र बहाना बनाएर बाहिर निस्कने र अरू आएर नक्कली पत्रकार भन्दै पैसा बार्गेनिङ गर्ने गरेको खुलेको छ । प्रहरी परिसर ललितपुरका अनुसार उनले विवाह गर्छु भन्दै रिलेशसनमा बसेको बहाना बनाएर ट्रयापमा पार्ने गरेकी थिइन् ।

अर्का पत्रकारको भूमिका निभाएर बार्गेनिङ गर्ने गाडी चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ मान्खाका दीपक पराजुली पक्राउ परेका छन् । त्यति मात्र नभएर उनले गृह मन्त्रालयको प्रेस सल्लाहकार हुँ भन्दै पीडितको विवरण राखेर पैसा डिमाण्ड गर्ने गरेको खुलेको छ । त्यस्तै, बलेफीकै २७ वर्षीय विमल सुवेदी पनि पक्राउ परेका छन् ।

उनले म्यासेज गरेर ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरीको दाबी छ । सियाले हनी ट्रयापमा पारेका व्यक्तिलाई निगरानी गर्ने र उम्काउने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय सरोज तिमल्सेनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई हनी ट्रयापमा पारेर ३ लाखको चेक लिँदै गर्दा बालकुरमारीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले गत असार २८ गते एक जना व्यक्तिलाई हनी ट्रयापमा पारेर ३ लाख २५ हजार रुपैयाँ लिएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाली मुलुकका मुद्दा स्थापित गर्न जेठ ९ र १० गते काठमाडौंमा हुने अन्तर्राष्ट्रिय संवादमा २३ देशका विज्ञ सहभागी हुने

काठमाडौँ । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा

प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

२५ करोडको लागतमा कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा  २५ करोडको लागतमा मोटरेबल पक्की

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठा