अमेरिकी ग्रीनकार्ड होल्डर बेहुलाले ५० लाख दाइजो मागेपछि…



काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ गरेको छ । बेहुली पक्षसँग ५० लाख दाइजो माग्ने सुनसरीका ३२ वर्षीय अनुराग रौनियार पक्राउ परेका हुन् ।

मंगलबार दिउँसो नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुलालाई प्रहरीले पक्राउ गरेको हो । रौनियार अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् । बेहुला पक्षले मागेको दाइजो नपाएको भनी दुई पक्षबीच विवाद भएको सूचनाका आधारमा प्रहरीले रौनियारलाई पक्राउ गरेको हो । ५० लाख रुपैयाँ दाइजो नपाए विवाह नगर्ने अडान बेहुला पक्षले लिएपछि घटना प्रहरीसमक्ष पुगेको हो। मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेइज्जती गरेको आरोप केटी पक्षको छ ।

विवाह खर्च बापत केटा पक्षले पटकपटक गरी २२ लाख रुपैयाँ बुझिसकेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । रौनियारलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

  लुम्बिनी (मर्चवार) । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन

सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले गत

  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

  काठमाडौँ ।  वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन