काठमाडौँ । प्रधानेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीनको निमन्त्रणामा असोज ३ गतेसम्म हुने औपचारिक भ्रमणका लागि आइतबार प्रधानेनापति सिग्देल बेइजिङ प्रस्थान गरेका हुन् ।
बेइजिङ प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए ।
उनी त्यहाँ हुने चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्चस्तरीय भेटघाटमा सरिक हुने समेत सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया