भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ



काठमाडौँ । प्रहरीले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गुरुङलाई मंगलबार पक्राउ गरेको हो । ललिता निवासको जग्गा लिन सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । पक्राउ परेका गुरुङ प्रहरीको फरार सूचीमा थिए । गुरुङले मिलेमतोमा ललितानिवासको सरकारी जग्गा सबैभन्दा बढी खरिद गरेको पाइएको छ ।

ललितानिवास प्रकरणमा मुछिएका गुरुङसँग २०७७ सालमा विशेष अदालतले दुई करोड रुपैयाँ धरौटी मागेको थियो । तर, गुरुङ मुद्दा दायर भएको एक वर्षपछि अदालतमा हाजिर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने सरकारको घोषणा

  काठमाडौँं ।  नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन

२०८२ सम्म सडक मानवमुक्त बनाउने सरकारको घोषणा

काठमाडौँं । सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ ।  राष्ट्रपति

जलवायु परिवर्तनजन्य क्षतिबापत आर्थिक सहायतालाई पहल गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पुगेको क्षतिबापत आर्थिक सहायता प्राप्त

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले नेपालको कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको दाबी गरेको