अनलाइन जुवा खेलाउने यी हुन् राजासहितका चार आरोपी



 

काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने राजा चौधरी समेतका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा)हरुमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टावाजी गराई खेल खेलाउने गरेको पाइएपछि पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा राजा चौधरीलगायतका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौँ महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई गएराति पक्राउ गरी सोमबार थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

सोधपुछ गर्दा उनीहरुले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन प्लेटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरुमा अनलाइनमार्फत नै रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको खुलेको छ । उनीहरुले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको उनले बताए ।

पक्राउ परेकाहरुमा बारा जितपुर सिमरा घर भई काठमाडौँको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौँको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौँको ठमेल बस्ने आशा गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराको प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ, एक अर्ब ५४ करोड अपचलनको आरोप

कास्की । पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन

‘हेल्मेट डाँडा’लाई पर्यटकीय गन्तव्य बनाइँदै

कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका-३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक : एमाले

काठमाडौँ । सत्तारुढ नेकपा नेताहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया