लागुऔषध कारोबारका संलग्न पाँच विदेशीसहित १२ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कारोबार गर्ने पाँच जना विदेशीसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले पाँच जना विदेशीसहित १२ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले जेठ २८ गते काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित सडक किनारबाट भारतको बिहार राज्य मथुराग्राम ठेगाना भएका २७ वर्षका हेमन्तकुमार भगतलाई लागुऔषध खैरो हेरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा गोली हानेको थियो ।

उनीसँग सोधपुछ गर्दा भारतको बिहार राज्य सुपौला जिल्ला दौलतपुर घर भइ हाल सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष वर्षका रामभजन भन्ने सञ्जीव कुमारको समेत संलग्नता रहेको भन्ने खुल्न आएको र उनलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले जेठ २९ गते साढे ५ बजे टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट इस्तानबुल हुँदै स्टर्गट (जर्मन) जान लागेका जर्मन नागरिक पाउल वेस्र्टले साथमा ल्याएको २ वटा सुटकेस चेकजाँच गर्दा सुटकेसभित्र लागुऔषध चरेस ६ केजी ८६० ग्राम बरामद भएको र जर्मन नागरिकलाई पक्राउ गरिएको बताए ।

उनले असार ३० गते ललितपुर महानगरपालिका ११ बाट चितवनका २९ वर्षीय महेश चौधरीलाई लागुऔषध कोडिन १६ बोतलसहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपालिका १६ बाट चन्द्रागिरी नगरपालिका ८ का २९ वर्षीय सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिससहित पक्राउ गरेको बताए ।

यस्तै असार ५ गते काठमाडौं महानगरपालिका २९ बाट काठमाडौं १८ का २४ वर्षीय मुखिया गुरुङलाई अवैध लागुऔषध कोकिन ३ जिएम ७ सय एमजिसहित पक्राउ गरिएको र अनुसन्धानको सिलसिलामा उक्त कारोबारमा संलग्न मोरङका २६ वर्षीय बच्चन भन्ने राज गौतम र चेक रिपब्लिकका ३२ वर्षीय मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४ सय एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी

‘निःशुल्क सिपमूलक तालिमका लागि’ महानगरमा ६८ हजारको आवेदन

काठमाडौं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६

सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी

जनकपुरधाम । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर

तस्बिरमा हेर्नुस् महभिरमा महसिकार

म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियाको महभिरमा महसिकारको तयारी गर्दै महसिकारीहरु । डोरीको सहायताले भिरमा