स्रोत नखुलेको ३३ लाख ५० हजारसहित एकजना पक्राउ



 

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार हुण्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गुरुङसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा …

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

खाँदबारी (सङ्खुवासभा) । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार

चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ६ वटा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा