बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा



काठमाडौं । धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साडट छिटो सञ्चालनमा ल्याउन सहरी विकास मन्त्रालय र काठमाडौं महानगरबाट संयुक्त प्रयास भइरहेको छ । यस क्रममा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाढौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालसहित अधिकारीहरु बञ्चरेडाँडा पुगेर निर्माणस्थलको निरीक्षण गरेका छन् ।

निरीक्षणका लागि सहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशकहरु पदम मैनाली, चक्रबर्ती कण्ठ र रामचन्द्र दंगाल, सडक बिभागका डिभिजन इञ्जिनियर कुवेर नेपाली सहभागी हुनुहुन्थ्यो । त्यस्तै महानगरको वातावरण बिभागमा प्रमुख हरिकुमार श्रेष्ठ, फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बराल र इञ्जिनियर सरकारदीप श्रेष्ठलगायत बन्चरेडाँडा गएका थिए ।
अवलोकनका क्रममा अहिले फोहोर व्यवस्थापन हुँदै आएको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटको अवस्था, साइटको पोष्ट क्लोजर योजना, ओखरपौवाबाट बञ्चरे पुग्ने सडक स्तर उन्नतिको अवस्था, बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा भइरहेको पूर्वाधारको कामका बिषयमा जानकारी लिइएको थियो ।

त्यसैगरी लकडाउनका समयमा निर्माण कार्यलाई सुचारु गर्न आवश्यक पर्ने सामग्रीको उपलब्धता र ढुवानी जस्ता काममा परेको अप्ठ््यारोलाई सहज गर्न मन्त्रालय र महानगरले सहजीकरण गर्ने बिषयमा कुराकानी भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘बञ्चरे डाँडामा फोहोर व्यवस्थापन थाल्नु र सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजर गर्नुलाई हामीले बिशेष महत्व दिएका छौं । फोहोर व्यवस्थापनसँग सम्बन्धित कामबाट कसैले पनि प्रभावित हुन नपरोस् । यसका आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई सन्तुलित रुपमा व्यवस्थापन गर्ने प्रयासमा छौं ।’ बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी — कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएपछिको तीनमहिनाभित्र ठेक्केदारलाई ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम भुक्तानी दिइसकिएको छ ।

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी÷कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएपछि कोशी एण्ड न्पौपानेको स्वामित्व परिवर्तन भयो । यहीकारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसन वापत् ठेक्केदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण बुझाउन सकेन । समस्या यहीँबाट शुरु भएको थियो । २०७६ पुष २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका (रिभाइज्ड बर्क सेड््युल) पेश गर्यो । तर, पेश गरेको तालिका अनुसार काम हुन सकेन । यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अधिकारीहरुमाथि चिन्ता छ ।

फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ । २०६२ साल जेठ २२ गते अर्थात् सन् २००५ जुन ५ तारिख विश्व वातावरण दिवसका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाउँ विकास समिति (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो । ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्याण्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो ।

यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ ।

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेश्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरु फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौ स्थानमा परेका छन् ।

ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५÷१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । काठमाडौंको शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ ।
महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।

यो फोहोर अहिले सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन भइरहेको छ । साइटको क्षमता सकिएर पोष्ट क्लोजर गर्नुपर्ने अवस्थामा पुगेको छ । फोहोरको अन्तिम व्यवस्थापन गर्न बञ्चरेडाँडा नै अन्तिम बिकल्पका रुपमा देखिएको छ । यस अवस्थामा बञ्चरे डाँडाको पूर्वाधार निर्माणको कामलाई तीब्र बनाएर फोहोर व्यवस्थापनको गन्तव्य बञ्चरे डाँडा नै हुने महानगरले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …

काठमाडौँ । पर्वत कुश्मा नगरपालिका–४ की ९९ वर्षीय विष्णुमति दमाइको खुसीको कुनै सीमा