जनमानसमा मुस्कान भर्दै राष्ट्रिय सेवा दल



काठमाडौं । राष्ट्रिय सेवा दल काठमाडौं जिल्लाको अलुम्नाइ टोली राहत वितरणमा जुटिरहेको छ । नेपाली सेना चण्डीगण दल र दुर्गाबक्स गणको समन्वय र क्याडेट छात्र छात्राहरूको उपथितिमा राहत वितरण कार्यक्रममा निरन्तर लागिपरेको हो । काठमाडौ अलुम्नाइका निर्देशक ज्योति थापाको अग्रसरतामा खटिएको टोलीले मंगलबार एकै दिन तीन स्थानमा राहत वितरण गरेको छ ।

कीर्तिपुरबासी एक क्याडेट छात्रले जब उनको घरनजिकैको स्थानीय संस्थाले निःशुल्क खाना बितरण गरिरहेको खबर निर्देशक थापालाई सुनाए तब यस्तो महान् कार्य गर्ने व्यक्तिहरुलाई किन सहयोग नगर्ने त भनी उनको टोली बिहानै चन्द्रगिरि नगरपालिका वडा नम्बर ५ किसिपिडिमा गएर चामल, मस्यौरा, तेल, नुन लगायतका अतिआवश्यक सामग्री सहयोग गरेका हुन् ।

त्यसपछि सोही टोली दिउँसोको समय टेकु वडा नम्बर १२ मा गएर वडा प्रमुख विकास डङ्गोलको उपस्थितिमा ४० परिवारमा राहत वितरण गरेको थियो । डङ्गोलले आफ्नो वडाका अतिविपन्न परिवारको नाम डायरीमा टिपेका थिए र सोही नाम अनुरुप राहत वितरण गरिएको थियो ।

टोली टेकुमा राहत वितरण गरेपछि साँझतिर कुलेश्वर महादेवस्थान १४ स्थित सामुदायिक सेवा केन्द्र पुग्यो । साथै लामो समयदेखि निःशुल्क खाना खुवाउदै आएका संस्थालाई खाद्यान्न सामग्री उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर। रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर ।  कैलालीको टीकापुर–८, अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन्

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको