नेपाल प्रवेश गर्ने र बाहिरिने विदेशीको अभिलेख अब बायोम्याट्रिक प्रणालीमा



काठमाडौं । नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले अध्यागमन विभागबाट विकास गरिएको ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ गरिएको छ । अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलता र विगतको अनुभवसमेतका आधारमा नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिक सम्मिलित टोलीले एक वर्ष लगाएर विकास गरेको सो नेपाली पोर्टको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् ।

अब नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायोम्याट्रिक सूचनासमेत अध्यागमन प्रणालीमा रहनेछ जसका कारण कागजात र व्यक्तिको सही पहिचान गर्न सकिनेछ । नयाँ प्रणालीमा नेपाल सरकारका सम्बद्ध निकायका सूचना जस्तै राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अबजेक्सन सटिफिकेट (एनओसी) र इन्टरपोल सम्बद्ध सूचना एकआपसमा प्रक्रियाबाटै हेर्न मिल्ने गरी अन्तर आबद्धताको व्यवस्था मिलाइएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध ओसारपसार, सम्पत्ति शुद्धीकरण र सुरक्षा प्रणालीमा प्रतिकूलता ल्याउने गतिविधि नियन्त्रणमा समस्या रहेपनि त्यस्ता गतिविधि रोक्न सरकार प्रतिबद्ध रहेको बताए ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेपालको अध्यागमन प्रणालीमा आमूल परिवर्तन (Complete Transformation) गर्ने गरी विकास गरिएको “Nepali-Port” Software एवं अत्याधुनिक पूर्वाधार सहितको अध्यागमन सेवा शुभारम्भ कार्यक्रमको अवसरमा दिनुभएको मन्तव्य

माननीय मन्त्रीज्यूहरु
उपस्थित विशिष्ट व्यक्तित्वहरु
पत्रकार साथीहरु
राष्ट्रसेवक कर्मचारीहरु,
हामीले नेपालको मुख्य प्रवेश द्धारकf रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा विदेशीहरुको नेपाल आगमन, बसाई र प्रस्थानलाई सरल, सहज, सुरक्षित र सूचना प्रणालीमा आधारित बनाउन तयार पारिएको नेपाली पोर्ट प्रणालीको आज शुभारभ्भ गरेका छौ । अध्यागमन कार्यालय यस अन्तराष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेशका अन्य नाकाहरुमा आगमन र प्रस्थान बिन्दुमा वायोमेट्रिक सुविधा सहितका उपकरणहरु जडान गरेका छौं । नेपालमा विदेशीहरुको आगमन उपस्थिति र प्रस्थानलाई सुरक्षित, मर्यादित र सूचनामुलक बनाउन अध्यागमनको सुदृढीकरण गर्ने नेपाल सरकारको योजनाको महत्वपूर्ण चरण पुरा भएकोमा मलाई खुसी लागेको छ ।

नेपाल सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिको लागी आर्थिक, सामाजिक र प्राविधिक विकासका पक्षहरुमा स्पष्ट उदेश्य, लक्ष्य, रणनीति र कार्यनीति सहित अगाडि बढीरहेको सबैमा अवगत नै छ । सरकारले अन्तराष्ट्रिय जगतमा नेपालको छवि उँचो राख्दै राष्ट्रिय प्राथमिकताका क्षेत्रमा पूर्वाधारहरुको विकास र जनशक्ति विकासमा लगानी अभिवृद्धि गरिरहेको छ ।नेपाललाई चीन र भारत जस्ता विकसित र उदयमान अर्थतन्त्रहरुसँग आर्थिक कूटनीतिको माध्यमबाट जोडन हाम्रा पुर्वाधारहरु विश्व स्तरका र प्रतिस्पर्धी बनाउने तर्फ सरकारले जोड दिएको छ । यसै सिलसिलामा, अध्यागमन सुदृढीकरणमा गरिएको भौतिक पूर्वाधारको विकास र पुरानो सफ्टवेयरलाई विस्थापन गरी आफ्नै क्षमता, सीप र दक्षता परिचालन गरी, पूर्ण सुरक्षा र स्वामित्व नेपाल सरकारको मात्र हुने गरी विकास भएको सफ्टवेयरको सञ्चालनबाट डिजिटल नेपाल निर्माण गर्ने सरकारको योजना कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने छ । सुरक्षित, प्रविधिमैत्री र भरपर्दो Nepali-Port प्रणालीलाई संचालनमा ल्याउनु गृह प्रशासनको महत्वपूर्ण सफलता भएको मैले पाएको छु । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एअरपोर्टको रुपमा निर्माण गरी चौविसै घन्टा सन्चालनमा ल्याउने तर्फ समेत यसले मद्दत पुग्ने छ ।

डिजिटल नेपालको निर्माणमा हाम्रा सेवाहरुको वितरण सेवाग्राही मैत्री, विश्वसनीय, सुरक्षित र प्रतिस्पर्धी हुन जरुरी छ । ई-गभर्नेन्सको ब्यापक प्रयोग र भरपर्दो तथ्यांक प्रणालीको विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ यस अवसरमा म सबै तहका सरकारमा यस्ता सुधारका आयोजना संचालन गरी कार्यान्वयनमा ल्याउन अनुरोध गर्दछु ।

नेपाल सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थललाई निर्माण गरी एअर कनेक्टिभिटीलाई मुलुकको दीर्घकालीन हितमा सुनिश्चित गराउन प्रतिवद्ध रहेको छ । त्यसैगरी, मित्रराष्ट्र चीन र भारतको अर्थतन्त्रको Land Linked अर्थतन्त्रको रुपमा रहि वि.सं. २१०० सम्ममा उच्च मध्यम आय भएको स्वाधिन अर्थतन्त्रको रुपमा विकास गर्न सडक संजालका साथै जलमार्गको विकासमा नेपाल सरकारले स्रोत परिचालनमा गुणात्मक बढोत्तरी गर्नुका साथै परिणाममुखी नतिजाहरु प्राप्त गर्न जोड दिएको छ ।

अहिलेको विश्वब्यापीकरणको युगमा पूँजी, प्रविधि, मानिसहरुको गतिशीलताजस्ता विषयहरु हाम्रो प्राथमिकता एवं चासोका विषय हुन । तर, मानव बेचविखन तथा ओसारपसार, लागु औषध ओसारपसार र बेचविखन, सम्पत्ति शुद्धिकरण र सुरक्षा प्रणालीमा प्रतिकूलता ल्याउने गतिविधिहरु मानव जातिको लागि बाधक बनिरहेको सन्दर्भमा त्यस्ता गतिविधिहरु पूर्णरुपमा नियन्त्रण गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ । अध्यागमन सुरधारको कार्ययोजना बमोजिम अध्यागमनमा स्थापना गरिएको Data Centre, भरपर्दो सूचना प्रणाली, अत्याधुनिक पूर्वाधारहरु, नक्‍कली कागजात पहिचान गर्ने ल्याबको स्थापना, अन्तरराष्ट्रिय स्तरको प्रविधिको प्रयोग समेतको बुहआयामिक सुधारबाट अध्यागमनलाई प्रतिस्पर्धी र त्रुटिरहित बनाउनेतर्फ ठुलो आधार तयार भएको छ । विमानस्थलको समग्र सुरक्षा प्रणालीमा अध्यागमनको सुधारले ठुलो टेवा पुर्‍याउनेछ । सीमास्थित सबै अध्यागमन कार्यालयहरुमा यहि प्रविधि एकसाथ सुरु हुनु अझ ठुलो गर्वको विषय हो ।

अध्यागमनमा अब मानवीय क्षमता विकास र व्यवहारमा रुपान्तरणको खांचो छ, त्यसतर्फ सम्बद्ध निकायको ध्यानकेन्द्रित गर्न निर्देशन गर्दछु । अध्यागमनमा गरिएका सुधारबाट ICAO को सुरक्षा मापदण्डको लेखाजोखाका क्रममा औल्याइएका विषय समेत संवोधन भएका छन् । अध्यागमनको सुधार प्रयास नेपालको समग्र सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन, उत्तरदायित्व, जवाफदेहिताको सवालमा एक उल्लेखनीय उदाहरण हुन सक्छ । यसैबाट सवै विभाग, कार्यालय, मन्त्रालय, सरकारी निकाय, अर्धसरकारी/स्वायत्त संस्थाहरु सवैमा सुधारको शुरुवात गर्नेतर्फ सिकाइको Model अध्यागमन हुन सक्छ । हाम्रो समग्र प्रशासनमा नतिजाको खोजी नेपाल सरकारले गरेको छ, जसबाट जनता र राष्ट्रप्रतिको वृहत्तर जवाफदेहिता हेरिन्छ । नतिजा प्राप्तिमा हाम्रा प्रशासकीय अवयवहरु चुकेका छन ।

नेपाल सरकारले नतिजा प्राप्तिमा निक्कै ठुलो मेहनत गरेको छ । नतिजा प्राप्ति के कसरी संभव छ, आयोजना सम्पन्न गर्ने Model के हो, पूजिगत खर्च गर्ने क्षमताको विषय, कामको गुणस्तर, समन्वय जस्ता अनेकौ प्रश्नको उत्तर अध्यागमन सुधार र गृह प्रशासनभित्र खोज्न पनि म प्रशासनिक नेतृत्वलार्इ निर्देशित गर्दछु । आजको कार्यक्रम र प्राप्त नतिजा नै त्यसको एउटा भरपर्दो प्रमाण र जवाफ हो भन्ने मलाई लाग्दछ । मैले वुटिक एयरपोर्टका सन्दर्भमा भनेको थिएँ यसमा “आधुनिकता टल्किने र मौलिकता झल्किने” हुनपर्छ । आधुनिकता टल्किने गरी अध्यागमनले Mission पुरा गरेको छ । मौलिकता झल्किनेतर्फ अझै धेरै गर्न बाँकी छ । त्यसलाई पनि पुरा गर्नेतर्फ लाग्न समेत म सम्वद्ध सवैलाई आव्हान गर्दछु ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने, पर्यटन उद्योगको विकास सँगसँगै लगानी तथा रोजगारी प्रवर्द्धन गरी दिगो आर्थिक बृद्धिदर हासिल गर्ने कार्ययोजना अघि सारेको छ । अतिथी देवो भव: भन्ने हाम्रो मूल्य र मान्यतालाई पर्यटकमैत्री पूर्वाधार निर्माण, तदनुरुपको कार्यसँस्कृति र ब्यवहारको विकास गरी पर्यटकको पहिलो रोजाईको रुपमा नेपाल भन्‍ने धारणा विश्‍व जगतमा विकास गर्नु हामी सबैको अभिभारा हो । सरकारले यसै सन्दर्भमा, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणलाई सम्पन्न हुने चरणमा पुर्याएको छ भने पोखरा क्षेत्रीय विमानस्थलको ५० प्रतिशत काम सम्पन्न भई निर्माण कार्य अगाडि बढीरहेको छ ।
अन्त्यमा Nepali Port प्रणाली-एयरपोर्ट र ल्याण्ड पोर्टमा शुभारम्भ भएको यस अवसरमा हार्दिक वधाई तथा शुभकामना सहित यसमा खट्नुहुने सवै राष्ट्र सेवकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु किसानलाई आठ करोड भुक्तानी हुन बाँकी

काठमाडौं । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड बक्यौता रकम भुक्तानी

दुई समूहको झडपले उग्ररुप लिएपछि रुकुमको राडीबजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुकुम । रुकुमको राडीबजारमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले

विघटन संवैधानिक वा राजनीतिक विषय भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्छ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ

थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य