मछिन्द्रद्वारा एनआरटी क्लबलाई १–० गोलले बिजय



काठमाडौं । मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा कठिन जित निकालेको छ । विदेशी खेलाडी एडिलाजा सोमिडेले खेलको अन्तिममा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा कठिन जित निकालेको हो । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा सोमबार भएको खेलमा मछिन्द्रले एनआरटी क्लबलाई १–० गोलले हरायो । मच्छिन्द्रको जितमा एडिलाजा सोमिडेले ९० औं मिनेटमा निर्णायक गोल गरे ।
एडिलाजाले हेड गोल गर्दै मच्छिन्द्रलाई जिताएका थिए । मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा मच्छिन्द्रको यो तेस्रो जित हो । जितसँगै मच्छिन्द्रले नौ अंक बनाएको छ । अघिल्लो बर्षको लिगका मच्छिन्द्र १३ औं स्थानमा रहेकोले उसको एक अंक घटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धवलागिरि आरोहणका लागि पर्यटक आउन सुरु

  म्याग्दी । म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन्

काठमाडौँ र भक्तपुरमा एकैदिन १६ लाख भन्दाबढीको चोरी

  काठमाडौँ ।  चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् ।

गैँडा मारेर फरार भएका चार अभियुक्त २५ वर्षपछि पक्राउ

  चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’

बागलुङ । गलकोट नगरपालिका–५ को उच्च पहाडको शिरमा छ टेउवा । यहाँ पछिल्लो