गुल्मीको भुर्तुङ स्वास्थ्य चौकीलाई पौडेल परिवारले दियो एम्बुलेन्स



काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ मा रहेको भुर्तुङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गुल्मीका समाजसेवी स्वर्गीय पण्डित बेणी माधव पौडेलको सम्झनामा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसका सक्रिय नेता समेत रहेका स्वर्गीय पण्डित पौडेलका परिवारले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाको हातबाट एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गुल्मी जिल्लाको विकट गाउँमा पर्ने कालिगण्डकी गाउँपालिकामा उपचारका लागि विरामीको सेवा पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको पौडेल परिवारले बताएको छ । गाउँमा उपचारको लागि गाडी तथा एम्बुलेन्सको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नै लगानीमा एम्वुलेन्स खरिद गरेर पौडेल परिवारले उक्त स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

  नेपालगंज । बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र

रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको

फेरियो रुम गाउँको मुहार

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको भए । उमेरले