सुकेधारामा बसको ठक्करबाट घाइते भएकी विद्यार्थी सृष्टि पन्तको उपचारका क्रममा मृत्यु



काठमाडौं । चाबहिल मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट मृत्यु भएको छ ।

सुकेधारा चोक नजिक सडक पार गर्ने क्रममा पन्तलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब साढे पाँच बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् ।

आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ । घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै

कर्मचारीको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ

२० वटा संस्था खारेज गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २०

यो राजाको शासन होइन, गणतन्त्र हो, यहाँ कानून चल्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्ताका लागि सबै थोक गर्छ