विदेशी राजदूतहरुलाई बोलाएर सरकारले भन्यो -भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुस्



काठमाडौं । पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार नेपालमा रहेका विदेशी राजदूतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गरेका हुन् ।

उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गरे । त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरीय सेवाका लागि सरकार आफैंले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिए ।

सरकारले आगामी जनवरी १ मा काठमाडौंसहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ । त्यस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्षको उद्घाटन गरिने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भट्टराईले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली (हुम्ला) । हुम्ला जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा

निरन्तरको पहिरोले कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण शनिबार पनि बन्द नै

नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा काठमाडौंमा सिजाङ सांस्कृतिक सप्ताह सुरु

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा शनिबारदेखि