कानुनका शंकायका विद्याथीलाई ट्राफिक स्वयम्सेवकका रुपमा परिचालन गरिने



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम् सेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरु ट्राफिक स्वयम्सेवकको रुपमा परिचालन हुने जानकारी दिए ।

युवा स्वयम् सेवक परिचालन गरी ट्राफिक व्यवस्थापनमा सुधार गर्ने र नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने उद्देश्य सहित विद्यार्थीलाई परिचालन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अभियानमा तीन सय ५५ जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालित हुनेछन् । ट्राफिक प्रहरीले परिचालन हुने विद्यार्थीहरुलाई शुक्रबार प्रशिक्षण समेत दिएको छ ।

ट्राफिक प्रहरीले गत असोजमा पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड

अब चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

सञ्चिता घिमिरे, काठमाडौँ । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै

दौरा सुरूवालको पोशाकमा सपथ लिए हर्क राइले

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले शपथ लिएका छन्

पाँच डीआईजी एआईजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।