राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा सुरु



काठमाडौं । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ । पशुपति क्षेत्रबाट पर्यटनमन्त्री योगेश भट्टराईले शुक्रबार साइकल यात्राको शुभारम्भ गरेका हुन् ।

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष साइकल यात्रीहरुको उल्लेख्य सहभागिता रहेको । शुक्रबारबाट सुरु भएको साइकल यात्रा जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुनेछ । यात्रामा एक सय ६७ जना साइकलयात्री सहभागी छन् जसमा १८ जना महिला साइकलयात्री सहभागी छन् ।

यो साइकल यात्राका महिला सहभागीहरुलाई संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले सहयोग गरेको छ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबद्र्धन गर्न चार बर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । साइकल यात्रीले २५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको

राष्ट्रपतिद्वारा रेशम चौधरीको बाँकी कैद मिनाहा

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको फैसलाबाट