उद्योगी रुप ज्योति रिहा



काठमाडौं । उद्योगी रुपज्योति रिहा भएका छन् । जाहेरवाला विजेन्द्रकृष्ण मल्लसँग आपसी मिलापत्र गरेपछि ज्योति शुक्रबार रिहा भएका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले दुवै पक्षबीच सहमति भएपछि रिहा गरिएको जानकारी दिएका छन् ।

जग्गा विवादमा मल्लले प्रहरीमा दिएको उजुरीपछि ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउपछि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै म्याद थप गरेको थियो ।

ज्योतिलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको थियो । ठगी मुद्दा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो ।

तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच वर्षमा १० खर्ब लगानी भित्राउने लगानी बोर्डको रणनीतिक योजना

काठमाडौं । आगामी पाँच वर्षभित्र १० खर्ब लगानी भित्राउने लक्ष्य लिएको लगानी बोर्डले

अमेरिकाबाट सोमबार फाइजरको एकलाख डोज खोप  नेपाल आइपुग्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध

प्रधानन्यायाधीशद्वारा मन्त्रिपरिषद् र संवैधानिक निकायमा भागबण्डा खोजेको आरोप अस्वीकार

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग न्यायपालिका शुद्धिकरण र सुदृढीकरणलगायतका

क्रियाशील सदस्यता नै नटुंग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही : नेता सिंह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी