‘अघोरी बाबा’की पत्नी ठगीको आरोपमा पक्राउ



काठमाडौं । आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

स्याउलेमा ‘एक घर एक धारा’

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न

चितवनका ३३ स्थानमा आगलागीका घटना, ६ जना घाइते

चितवन । चितवन जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा ६ जना घाइते भएका छन्

सात दिनभित्र नदी किनारका अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका