सामूहिक सम्पदा हो हाम्रो धर्मसंस्कृति



नारायण गाउँले

भगवान् शिवको पूजा गर्दै तीजको एकदिन महिलाले व्रत बस्दा त्यसको लैङ्गिक व्याख्या गर्नेहरूले शायद थाहा पाए पाएनन्,
हिजोदेखि नरेन्द्र मोदीलगायतका करोडौँ हिन्दू पुरुषहरू माता दुर्गाको पूजा गर्दै नौ दिनसम्म कठोर व्रत बस्दै छन् । मोदीले नवौं दिन नौ जना कन्याको पूजा गर्नेछन्, पाउ धोएर जल खानेछन् र व्रत पूरा गर्नेछन् । म आफैलाई पनि धेरै वटा नवरात्रिमा व्रत बसेको अनुभव छ !

कम्तिमा धर्म र संस्कृतिको समीक्षा गर्दा समग्रतामा हेर्नु जरूरी हुन्छ । कुनै एउटा घटना या उदाहरण टिपेर त्यसलाई सिङ्गो संस्कृतिको अपव्याख्या गर्न प्रयोग गर्नु हुँदैन । विश्वका मुख्य चार वटा धर्ममध्ये हिन्दू धर्म मात्र त्यस्तो देखिन्छ, जहाँ ईश्वरलाई पुंलिङ्गी मात्र मानिएको छैन । नारी र पुरुषमात्र होइन, अर्धनारीश्वरका रूपमा तेस्रो लिङ्गको समेत सम्मान र अस्तित्व स्वीकार गरिएको छ ।

पूजा, व्रत, भक्ति, ध्यान, साधनाजस्ता विभिन्न उपकरण र चरण पार गरेर व्यक्तिलाई भौतिकताबाट माथि उठाएर आफूभित्रको चेतना नै ईश्वर हो भन्ने तहसम्म पुऱ्याउनु नै हिन्दू धर्मको मूल उद्देश्य रहेको देखिन्छ ।

ए फर एप्पल या यू फ़र अम्ब्रेलाबाट यूनिभर्सको शिक्षा प्रारम्भ भएजस्तै ढुङ्गामाटोको मूर्तिबाट यो आध्यात्मिक शिक्षा सुरु हुन्छ र अन्तिममा ‘तत्त्वमसि- तत् त्वम् असि’ अर्थात् त्यो ईश्वरीय तत्त्व तिमी नै हौ भन्नेमा पुग्छ ।

‘ईश्वर टाढ़ा छैन, ईश्वर कुनै अर्को छुट्टै सत्ता या इन्टिटी नभएर तिमीभित्रै छ, तिम्रै चेतनामा छ । तिमी हुनु नै ईश्वर हुनुको उपस्थिति हो ।’ भन्ने ज्ञानसम्म उचाल्नु या कल्मषहरू हटाएर मान्छेलाई म ईश्वरीय अंश हुँ भन्ने ‘चेतना’ प्रदान गर्नु नै धर्मको उद्देश्य देखिन्छ । डक्टर पढाउन पनि पहिले डी फ़र डग भनेर पढाउनुपर्छ । धर्मका पनि चरण हुन्छन् ।

सबैभन्दा पुरानो र ठूलो भौगोलिक क्षेत्र (ईरानदेखि इण्डिया, क्याम्बोडिया हुँदै इन्डोनेशियासम्म)मा फैलिएको हुनाले यसमा पक्कै विभिन्न सम्प्रदाय, भेद र विकृतिहरू छन् तर तीविरुद्ध बोल्ने मौलिक हक पनि यसमा सुरक्षित छ । मन लागे जति र भ्याए जति मान्न सक्ने छुट छ । धर्मसंस्कृति हाम्रो सामूहिक सम्पदा भएकाले यसका विकृति र अनावश्यक तत्त्वहरूलाई परिमार्जन गर्ने दायित्व पनि हामी सबैको हो ।

माता दुर्गाले हामी सबैको कल्याण गरून्,

या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ

डा. गोविन्दशरण उपाध्याय । नेपालीहरूले सिद्धान्त विनिर्माणमा काम गरेकै छैनन् भन्ने आरोपहरू सुनिन्छ

थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको

द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन नेपाल र भारतका अधिकारीहरु सहमत

काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

अहिलेको बिषम परिस्थितिमा सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवद्र्धनमा