योगका प्रकार र महत्व



देवराज पुरुष।

हिन्दु संस्कृतिमा वा भनौं सनातन संस्कृतिमा १२ वटा दर्शन छन्। छ वटा आस्तिक हुन् र बाँकी छ चाहिँ नास्तिक दर्शन। आस्तिक दर्शन भन्नाले भगवान मान्नु नै हो भन्ने हुँदैन, यसले वेदको अस्तित्वलाई मान्छ। अर्को छ नास्तिक दर्शन। यी दर्शनले वेदको अस्तित्वलाई मान्दैनन्।
योग छ वटा आस्तिक दर्शनमध्येको एक हो। यस दर्शनका प्रणेता पतञ्जली हुन। पतञ्जलीले योगसूत्रको आविष्कार गरेका हुन्। यी योग सूत्रको मुख्य तथा गहन व्याख्या व्यासले गरेका छन्। यो व्याख्या व्यासभाष्यमा उल्लिखित छ। यी सम्पूर्ण व्याख्या र विचारको मुख्य स्वरूप नै प्रकृति र पुरुषको मिलन गराउनु हो। कतै कतै प्रकृति र पुरुषको पृथकत्व देखाउनु पनि योग मानिन्छ। तर यी सबको लक्ष्य हो योग अर्थात ब्रह्मलीन हुनु।

योगका थुप्रै अर्थहरु छन्। जीव र परमात्माको मिलन गराउनु योगसिद्ध हुनु हो। द्वैत र अद्वैतको मिलन नै योग हो ! योगले निरोगी बनाउँछ। तन र मन दुवैलाई सुन्दर बनाउन सघाउँछ। त्यसैले सानैदेखि नियमित योग अभ्यास गर्नु पर्छ।

शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् । याेगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयाेग
i: जप योग
ii: कर्म योग
iii: ज्ञान योग
iv: भक्ति योग
v: राज योग
vi: कुण्डलिनी
vii: नाडी
अष्टाङ्ग योग अन्तर्गत: याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।
योगलाई जीवन पद्धति बनाउनुपर्छ । दैनिक कम्तीमा ३० मिनेट योग गर्नुपर्छ । जसमा १० मिनेट शारीरिक, १० मिनेट स्वासप्रस्वास र १० मिनेट मनलाई आनन्द बनाउन ध्यान गर्नुपर्छ ।
१) योगको अभ्यासले शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।
२) योगले भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।
३) योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लै गर्न कुनै कठिनाइ हुँदैन ।
४) योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
५) योग अभ्यास गर्दा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।
६) योगले शरीरमा रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्छ ।
७) मुटु र रगतका नलिलाई सफा गर्ने काम गर्छ ।
८) योगमा शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास हुन्छ ।
९) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ ।
योग को बारेमा संस्कृत श्लोक ::
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ! तस्माद्योगाय युज्यस्व योग: कर्मसु कौशलम् !!
योगस्थ: कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय।
सिद्ध्यसिद्ध्यो: समो भूत्वा समत्वं योग उच्यते”।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाको नक्कली प्रोपोगान्डालाई विदेशी हस्तक्षेपको आधार बनाईंदै

  भरत दहाल । कोरोना महामारी षडयन्त्र बिल गेट्स लगायतका विश्व लुटेरा माफियाहरुको

राज्यबाट निःशुल्क उपचार लिनेहरू राज्यका बोझ हुन् भने सबैभन्दा ठूलो बोझ को होला ?

– नारायण गाँउले ।  च्वास्स घोच्ने के ! -आजै प्रधानमन्त्रीले सक्दिन भनेर स्वघोषणा

आगे चुनाव छ ! किन यतिविधि अलोकप्रिय हुन खोजेको सरकार ?

गरिब जनताले २,००० /- तिरेर पिसिआर टेस्ट गर्न सक्दैनन् । टेस्ट नगरेपछि उनीहरुलाई

वेदमा राष्ट्रगान

केशवप्रसाद भट्टराई । (यजुर्वेद २२. २२) आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्य: