आफ्नै पार्टीका सांसद मन्त्रीमाथि खनिन थालेपछि सांसद र मन्त्रीसँग छलफल गर्दै रवि


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद र मन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रतिनिधिसभा बैठकमा पार्टीका सांसदहरुले मन्त्रीको आलोचना गर्न थालेपछि लामिछानेले सांसद र मन्त्रीलाई सँगै राखेर छलफल गर्न लागेका हुन् । पार्टी संसदीय दलको कार्यालयमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । 

परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति चित्त नबुझेको भन्दै मंगलबार सांसद आशिका तामाङ बैठक छाडेर निस्किएकी थिइन् । त्यस्तै रास्वपाकै अन्य सांसदले पनि मन्त्रीको आलोचना गर्दै आएका छन् ।