काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली दुर्घटनाले सिंगो देशलाई रुवाएको बताउँदै यति समय बितिसक्दा पनि घटनाको यथार्थ विवरण सार्वजनिक हुन नसक्नु दुःखद भएको बताइन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले कर्णालीका सडकहरू अहिले सडकभन्दा पनि ‘मृत्यु मार्ग’ जस्ता बनेको टिप्पणी गर्दै यसलाई सामान्य दुर्घटना नभई राज्यको चरम बेवास्ताको परिणाम भएको बताइन् ।
सांसद थापाले कर्णाली राजमार्गको स्तरोन्नति, सडक सुरक्षाको सुनिश्चितता तथा यस्ता दुर्घटना दोहोरिन नदिन तत्काल ठोस योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया