भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा बसिरहेको छ ।
आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन भरतपुरमा सुरु हुँदै छ। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन हुनेछ। महाधिवशेनअघि रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक बसिरहेको हो ।
बैठकमा पहिलो राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनका विषयमा छलफल हुने बताइएको छ । हाल रास्वपाको केन्द्रीय समिति १३१ सदस्यीय छ। विधान संशोधन गरेर त्यसलाई १५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया