काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज चार जना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
मेडिकल व्यवसाई प्रसाईंलाई गैरकानुनी थुनामा राखेको उल्लेख गर्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत बन्दीप्रत्यक्षीकरणको रिट निवदेन दायर गरेका थिए ।
त्यस्तै, ईश्वर दाहाल, युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन निवेदन परेको थियो ।
उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले थुनामा राख्नुको कारण पेस गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत सम्बन्धित प्रहरी कार्यालयहरूको नाममा महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गरेको हो ।

प्रतिक्रिया