काठमाडौँ । मदन–आश्रिम स्मृति प्रतिष्ठानको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन् । शुक्रबार सम्पन्न प्रतिष्ठानको ३१औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुँयाल, सचिवमा मधु तिमिल्सिना, कोषाध्यक्षमा सरोज दाहाल, सदस्यमा विदुरप्रसाद ढुङ्गाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईँ चयन भएका छन् ।
सो अवसरमा एमालेका उपाध्यक्ष गुरु बरालले मदन भण्डारीको अद्वितीय नेतृत्व क्षमता, जनसम्पर्कको शैली र विचारलाई सङ्गठनमा रूपान्तरण गर्ने कौशलको प्रशंसा गर्दै प्रतिष्ठानले नयाँ पुस्तामा भण्डारी–आश्रितको विचारको ज्योति प्रज्ज्वलित गर्न निरन्तर लागिरहनुपर्नेमा जोड दिनुभएको प्रतिष्ठानका सदस्य विष्णु खनालले जानकारी दिए ।

प्रतिक्रिया