७० वर्ष पुगेका नागरिकलाई राष्ट्रिय परिचयपत्र लागु नगरियोस्ः सांसद पन्त
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले वृद्धवृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा सास्ती भएको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले सामाजिक सुरक्षा भत्ता दिने कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने कुराको पूनरावलोकन गर्न आग्रह गरेका हुन् ।
उनले वृद्धवृद्धाहरूका लागि नागरिकता नै परिचयका लागि पर्याप्त रहेको बताए । अहिले वृद्धवृद्धाहरुले दिनका दिन लाइन बस्नुपर्ने बाध्यता आएको भन्दै राष्ट्रिय परिचयपत्रबारे सरकारसँग गुनासो गरेको स्मरण गराए । उनले ७० वर्ष पुगेकाहरूलाई राष्ट्रिय परिचयपत्र लागु नगर्न पनि सरकारलाई आग्रह गरे ।