अहिले ठीक १८ः०० बजेको छ, तर्साउने धेरै आए, तर्सिने बानी परेनः सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई नतर्साउन चेतावनी दिएका छन् । सोमबार साँझ सामाजिक संजालमार्फत सभापति थापाले आफूलाई तर्साउने धेरै आएका तर आफूलाई तर्सिने बानी नपरेको बताएका हुन् । उनले भनेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

आइतबार पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गरेका थिए । त्यसपछि आइतबार साँझ प्रधानमन्त्री बालेन साहले नाम उल्लेख नगरी एकदुई जनाले उम्किन्छु भनेर सपना नदेखे हुन्छ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।