काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ ।
सोमबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् ।
महामन्त्री पौडेलले केन्द्रीय कार्यसमितिको विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयसमेत आयोगमा बुझाएका छन् ।
विवरण बुझाएसँगै गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगमा औपचारिक रूपमा अद्यावधिक गरिएको हो ।

प्रतिक्रिया